यी हुन् समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य (सूचीसहित) – Nepal Press

यी हुन् समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य (सूचीसहित)

काठमाडौं । विवादबीच माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट पत्रकार संगठनको संस्थापक पदाधिकारी एवं सदस्य घोषणा भएको छ ।

समाजवादी प्रेस संगठन नाम दिइएको समितिको संयोजकमा पत्रकार शम्भु श्रेष्ठ चुनिएका छन् । त्यस्तै महासचिवमा भुपराज खड्का र तेजप्रसाद वाग्ले तोकिएका छन् । उपाध्यक्षमा प्रकाश खतिवडा र शितल शाहलगायत चुनिएका छन् ।

संस्थापक पदाधिकारी एवं सदस्य घोषणा कार्यक्रममा तत्कालीन एमालेनिकट प्रेस चौतारीका उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत विभिन्न पदबाट विद्रोह गरेर नेकपा एसमा लागेका पदाधिकारी र सदस्यहरुले नेतृत्व चयनमा एकलौटी भएको भन्दै असहमति जनाएका छन् ।

हेर्नुहोस् विवादबीच आज घोषणा भएका समाजवादी प्रेस संगठनका संस्थापक सदस्यहरु

 

 

 


प्रतिक्रिया

One thought on “यी हुन् समाजवादी प्रेस संगठनका संस्थापक पदाधिकारी र सदस्य (सूचीसहित)

  1. संख्या बढाउनका लागि जसकाे नाम राखिदिए पनि हुने चलन अाएकाे रहेछ । मसंग कुनै सल्लाह छैन, जानकारी छैन, एकाएक मेराे नाम पनि संस्थापकमा अायाे । याे दुर्भाग्यपूर्ण छ, संगठन निर्माण गर्नेहरूकाे हैसियत यसैबाट नाप्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर