रन्जित तामाङ र उत्तम अधिकारीलाई माओवादीमा विद्यार्थी विशेष जिल्ला समितिको नेतृत्व गर्ने जिम्मेवारी – Nepal Press

रन्जित तामाङ र उत्तम अधिकारीलाई माओवादीमा विद्यार्थी विशेष जिल्ला समितिको नेतृत्व गर्ने जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले युवा विद्यार्थी नेताहरु रन्जित तामाङ र उत्तम अधिकारीलाई विद्यार्थी विशेष जिल्ला समितिमा जिम्मेवारी दिएको छ । तामाङ समिति अध्यक्ष र अधिकारी सचिव नियुक्त भएका हुन्।

तामाङ यसअघि माओवादी केन्द्र निकट अनेरास्ववियूका अध्यक्ष र अधिकारी महासचिव थिए। हालै उनीहरु दुवैलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको थियो। विद्यार्थी विशेष जिल्ला समिति इन्चार्ज अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर