देउवालाई रामचन्द्रको प्रश्न: पास-पास भनेरमात्र हुन्छ ? – Nepal Press

देउवालाई रामचन्द्रको प्रश्न: पास-पास भनेरमात्र हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको आफ्नै गृहजिल्लामा कार्यकर्तामाथि अन्याय भएको भन्दै समस्या टुंगो लगाउन गम्भीर नबनेको आरोप लगाएका छन् ।

केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा बोल्दै पौडेलले रौतहटका कार्यकर्ता १ सय १६ दिनदेखि अनसन बसेका कारण भागेर बुढानिलकण्ठमा बैठक बस्नुपरेको बताए ।

पौडेलले बैठकमा भने- हामी कसरी अघि बढ्ने हो ? तपाईंकै जिल्ला डडेल्धुराका मान्छे सानेपा बसेका छन्। मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन। पार्टीको कार्यालाय छोडेर हिड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा सैलीमा मुन्टो लुकाएर कति दिन हिड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यक्रता आउछन् गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेकाछौं । यी समस्या कसरी टुंगो लगनउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास-पास मात्र भनेर हुन्छ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर