प्रधानन्यायाधीश प्रकरण बैठकमा उठेपछि देउवाको रुलिङ- अहिले ‘त्यो पर्दैन’ – Nepal Press

प्रधानन्यायाधीश प्रकरण बैठकमा उठेपछि देउवाको रुलिङ- अहिले ‘त्यो पर्दैन’

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधान न्यायाधीशको वहिर्गमनको माग राखेर सर्वोच्च अदालतमा भइरहेको हड्तालको विषय पार्टी बैठकमा प्रवेश हुनबाट रोकेका छन् ।

केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा नेताहरु डा. रामशरण महत र गगन थापाले न्यायपालिकामा भइरहेको घटनाक्रममा कांग्रेस मौन बस्दा झन् क्षति हुने भन्दै यसबारेमा छलफलको माग गरेका थिए ।

तर देउवाले अहिले त्यो एजेण्डा छैन भन्दै महतलाई रोकेका थिए । उनले समसामयिक विषय एजेण्डामा नराखिएकाले अदालतको विषयमा छलफल गर्न नपर्ने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

देउवाको रुलिङकै बीचमा गगन थापाले भने न्यायपालिका ठप्प भएको विषयमा कांग्रेस मौन बस्न नहुने र महाधिवेशनसम्म पर्खिदा कांग्रेसलाई नै क्षति हुने भन्दै कांग्रेस यो विषयबाट भाग्न नहुने बताएका थिए । तर देउवाले झोक्किदै गगनलाई यो विषयमा अहिले बोल्न पर्दैन भन्दै रोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर