चार-पाँच जना सहमहामन्त्री थपिदिउँ तर रामचन्द्रले मान्दैनन्: देउवा
काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले कांग्रेसको १४ औं महाधिवेशनमा खुला सहमहामन्त्री पद थप्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा लाई माग गरेका छन् ।
उनको प्रस्तावमा देउवाले सबको सहमति हुन्छ भने थप्ने तर रामचन्द्र पौडेल मान्दैनन् भनि जवाफ फर्काएका थिए ।
बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा भट्टराईले ८ वटा क्लस्टर छ । खुला पनि चाहियो । खुला सहमहामन्त्री हुनुपर्छ भनि देउवासँग माग राखेका थिए ।
देउवा र भट्टराईको कुराकानी यस्तो थियो:
गोविन्द भट्टराई : त्यस्तो आयो भने हेर्ने । ८ वटा क्लस्टर छ खुला पनि चाहियो । खुला सहमहामन्त्री हुनुपर्छ । क्लष्टरको मात्रै राख्नु राम्रो भयन । खुला सहमहामन्त्री चाहिन्छ।
देउवा : सबको सहमति हुन्छ भने ४-५ वटा थप्दिउ । रामचन्द्रले मान्दैनन्, मैले त मानेकै छु । रामचन्द्रले मान्दैन ।
देउवा : मेरो समर्थन छ तर रामचन्द्र मान्दैन के गर्ने ?
गोविन्द: नभय भोटिङ गरेर पनि टुंग्याउनुपर्छ ।
देउवा : पछि फेरि मिटिङ बोलाउछु । यसबारे कुरा गरौंला ।