बन्दको प्रभाव– विहानैदेखि सुनसान रुपन्देही
नेपाल प्रेस
२०७८ कार्तिक ३० गते ८:१०
रुपन्देही । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा आज विहानैदेखि परेको छ ।
इन्धनमा गरिएको लगातार मूल्यबृद्धिको विरोधमा नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । आज विहानैदेखि बुटबल क्षेत्र सुनसान बनेको छ ।
फाट्टफुट्ट मोटरसाइकल चले पनि निजी तथा सार्वजनिक गाडीहरु चलेका छैनन् । पश्चिम नेपालको मुख्य शहर बुटवललगायतका बजार क्षेत्रहरु सुनसान देखिन्छन् ।
मुख्य बजार क्षेत्र सुनसान रहे पनि भित्री बजार र सडकहरुमा सवारीको सामान्य चहलपहल देखिएको छ । रुपन्देहीमा बन्दकर्ताहरुबाट कुनै अप्रिय गतिविधि अहिलेसम्म भएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर