बन्द गराउँदै हिँडेका नेकपा चितवनका अध्यक्षसहित ११ जना पक्राउ – Nepal Press

बन्द गराउँदै हिँडेका नेकपा चितवनका अध्यक्षसहित ११ जना पक्राउ

चितवन । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चितवनमा बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ परेका छन् ।

गाडी चलाउन रोक्दै चोक-चोकमा खटिएकालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला अध्यक्ष सन्देश पौडेल, अनेरास्ववियू क्रान्तिकारीका वागमती प्रदेश इञ्चार्ज राजन साउदसहितका कार्यकर्ता छन् । चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले यातायात तथा पसल बन्द गराउँदै हिँडेकालाई पक्राउ गरिएको बताए ।

विप्लव नेकपाको बन्दका कारण चितवनका मुख्य सडक तथा बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । भित्री बजारका भने अधिकांश पसल खुलेका छन् । विद्यालय बन्द छ । सडकमा थोरै सवारी गुडेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर