एमाले उपस्थित नभएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन् – Nepal Press

एमाले उपस्थित नभएपछि प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

इटहरी । सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिन पाएनन् ।

विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक भोलिसम्मका लागि स्थगित भएको सभामुख प्रदिप भण्डारीले जानकारी दिए ।

प्रदेशसभाको अर्को बैठक भोलि साढे ११ बजेका लागि बोलाइएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि उनले प्रदेशसभाबाट आज विश्वासको मत लिन लागेका थिए ।

मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर