कांग्रेस गण्डकी सदस्यमा शोभा अधिकारीको उम्मेदवारी घोषणा – Nepal Press

कांग्रेस गण्डकी सदस्यमा शोभा अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्यमा पूर्वविद्यार्थी नेतृ शोभा अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् । ३ कार्यकालसम्म नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य रहेकी अधिकारीले प्रदेश समितिमार्फत पार्टी राजनीति अगाडि बढाउन खोजेकी हुन् ।

गोरखाको क्षेत्र नम्बर २ बाट निर्वाचित महासमिति सदस्य रहेकी अधिकारीले विद्यार्थी राजनीति गर्दा गण्डकी प्रदेशका विभिन्न जिल्लामा संगठन गर्न आफू खटिएको बताइन् ।

‘नेविसंघमा हुँदा गण्डकी प्रदेशको जिल्ला-जिल्लामा पुगेर संगठन गरेको छु । त्यसैले पार्टीमा पनि गण्डकी प्रदेशसमितिमार्फत नै सक्रिय हुन खोजेको हुँ’, अधिकारीले भनिन् । उनले कांग्रेसभित्र महिलाहरुको सशक्त र नेतृत्वदायी भूमिका आवश्यक रहेको भन्दै आफ्नो उम्मेदवारी महिला सशक्तिकरणको पक्षमा रहेको बताइन् ।

२०५७ सालमा पीके क्याम्पसमा स्ववियू उपसभापति रहेकी अधिकारीले प्रदेश समितिलाई कांग्रेस विधानले दिएको अधिकार कार्यान्वयनका लागि आफू सक्रिय हुने बताइन् । ‘कांग्रेसमा पहिलोपटक प्रदेश समिति बन्दैछ र भूमिकाको हिसाबले यो शक्तिशालीपनि छ । गण्डकी प्रदेशमा एक्लै बहुमत ल्याउनसक्ने कांग्रेस बनाउन मेरो योगदान रहनेछ’, उनले भनिन् ।

अधिकारीले मंसिर १६ र १७ मा हुने प्रदेश अधिवेशनमा गोरखा जिल्लाबाट प्रतिनिधित्व हुने महिला सदस्यमा उम्मेदवार रहने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर