म्याग्दी कांग्रेसको सभापतिमा खम्बिर गर्बुजा सर्वसम्मत चयन – Nepal Press

म्याग्दी कांग्रेसको सभापतिमा खम्बिर गर्बुजा सर्वसम्मत चयन

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सभापतिमा पुनः खम्बिर गर्बुजा चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधवार सुरु भएको सातौं जिल्ला अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा सभापति पदमा चयन भएका हुन् ।
सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनयकुमार श्रेष्ठले बताए । गर्वुजा वर्तमान जिल्ला कार्यसमितिको समेत सभापति थिए।

त्यसैगरि अधिवेशनबाट महिलातर्फ जिल्ला सदस्यमा बेनी नगरपालिकाबाट मनकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिकाबाट महिला सदस्यमा पुष्पा बानियाँ बरुवाल, धवलागिरि गाउँपालिकाबाट महिला सदस्य रामदेवी पुन, अन्यतर्फको सदस्यमा काजिमान रोका, मालिका गाउँपालिकाबाट मनरुपा पुन र अन्यतर्फको जिल्ला सदस्यमा मालिका गाउँपालिकाबाट चुनु पुन, मंगला गाउँपालिकाबाट महिलातर्फको जिल्ला सदस्यमा युगकुमारी सेन, खसआर्यतर्फको महिला सदस्यमा लक्ष्मीकुमारी केसी निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधितर्फ आपांग अन्यतर्फ सुरेन्द्र खत्री निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा दुई जना निर्वाचित हुने जिल्ला उपसभापति पदमा ६ जनाको मनोनयन दर्ता भएको छ । उपसभापतिमा कर्णबहादुर भण्डारी, माधवप्रसाद रेग्मी, क्याप्टेन डमबहादुर पुन, क्याप्टेन मिनबहादुर कार्की, हरिकुमार श्रेष्ठ र कमल छन्त्यालको उम्मेदवारी परेको छ ।

त्यसैगरि दुई जना निर्वाचित हुने सचिब पदमा चार जनाको उम्मेदवारी परेको छ । सचिब पदमा अजयमिलन श्रेष्ठ, भरत रकाल, दुर्गाराम सुवेदी र हिरा बहादुर पुनको उम्मेदवारी परेको छ । दुई जना निर्वाचित हुने सहसचिब पदमा तीन जनाको उम्मेदवारी परेको छ । उक्त पदमा कोमल प्रसाद उपाध्याय, ध्र ध्रुवराज कार्की र श्रीराम पौडेलले मनोनयन दर्ता गराउनुभएको छ । खुल्ला र समावेशी गरी जिल्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । सभापति पदमा सहमति कायम भएकाले अन्य पदहरुमा पनि सहमतिबाट टुंगो लगाइने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर