केपि ओली विश्वकै उत्कृष्ट नेता हुन्: प्रभु शाह – Nepal Press

केपि ओली विश्वकै उत्कृष्ट नेता हुन्: प्रभु शाह

काठमाडौँ। नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु शाहले एमाले अध्यक्ष केपी ओली विश्वकै उत्कृष्ट नेता भएको बताएका छन् । बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँगको भेटमा नेता शाहले सिंगो विश्वका सर्वहारा वर्गले ओलीमाथि गर्व गर्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री ओली राष्ट्रवादी, स्वाभिमानी एवम् दुरगामी सोच भएको नेता रहेको उल्लेख गर्दै शाहले मुलुकलाई समृद्ध बनाउने मौलिक दिशा समेत उनीसँग रहेको बताए । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको चुनौतीपूर्ण अवस्थामा केपी ओलीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिएको नेता साहको भनाई छ ।

‘संसारका जुनसुकै देशका नेताहरुले आफ्नो मुलुकको स्वाधीनता एवम् राष्ट्रियताको रक्षा गर्न प्रतिबद्ध हुन्छ । तर नेपालको जुन प्रकारको भुगोल छ, हाम्रो देश दुई विशाल महाशक्ति राष्ट्रहरुको बीचमा अवस्थित छ । दुवै देशसहित विश्वभरको शक्ति सन्तुलन गर्दै आफ्नो मुलुकको राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न उहाँले जुन प्रकारले सक्षमता देखाउनु भएको छ । दुनियाँको कुनै पनि देशमा यस्तो देखिएको छैन’, उनले भने ।

उनले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको उल्लेख गर्दै नेपालमा केपी ओलीको नेतृत्वमा शान्तिपूर्ण ढंगले कम्युनिष्टको प्रभाव बढिरहेको पनि बताए । नेता शाहले मुलुकमा समाजवादी शासन स्थापना गर्न समेत ओलीको विकल्प नरहेको समेत बताए । ओली प्रधानमन्त्री हुँदा मुलुकलाई समृद्ध बनाउने दह्रो आधारशीला बनेकाले अब ओलीकै पालामा युगान्तकारी परिवर्तन हुने उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर