माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय – Nepal Press

माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तय गरेको पर्यटनमन्त्री प्रेम आलेले नेपाल प्रेसलाई जानकारी दिए ।

फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल सकिने तयारीमा छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट छानिनुपर्ने व्यस्था छ ।

संवैधानिक प्रावधानअनुसार राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । निर्वाचन आयोगका पदाधिकारीहरूले माघको दोस्रो साताभित्र चुनाव गर्न सुझाएका थिए । आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर अघि बढ्न सरकारले आयोगलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर