ओली नै एमालेको सर्वसम्मत अध्यक्षः योगेश भट्टराई (भिडिओ) – Nepal Press

ओली नै एमालेको सर्वसम्मत अध्यक्षः योगेश भट्टराई (भिडिओ)

काठमाडाैं । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १० औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् ।

सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सहमतिमा भए अध्यक्षमा ओलीनै चयन हुने बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौं र नवौं महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौं महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले हुनुपर्नेमा जोड दिए । सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरु जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने उनले स्पष्ट पारे ।

उनले भने, ‘पार्टीको नेतृत्व सर्वसम्मत हुन्छ । त्यो सर्वसम्मत हुने अवस्थामा केपी ओली पार्टीको अध्यक्ष हुनुहुन्छ । मिसन के छ भने एमाले यस पटक सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने । किनकी हामीले आठौं महाधिवेशनमा खुला चुनाव गर्यौं । नवौंमा पनि खुला चुनाव गर्यौं । त्यो चुनावको अनकौं असल पक्षहरु पनि थिए, नेतृत्वको चुनाव हुँदा । तर त्यसको कमजोरी पक्ष के रह्यो भने त्यसले पार्टीमा तलदेखि माथिसम्म समानान्तर विभाजनको अवस्था ल्यायो । समूहबन्दीको अवस्था ल्यायो ।’

सचिव भट्टराईले पार्टी भित्र विभिन्न विचार समूहबाट आएका नेताहरु रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरु सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर