प्रभु साहको क्षेत्रमा माओवादीले शक्ति प्रदर्शन गर्दै, प्रचण्डले सम्बोधन गर्ने – Nepal Press

प्रभु साहको क्षेत्रमा माओवादीले शक्ति प्रदर्शन गर्दै, प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभा शनिबार गर्न लागिएको हो । शनिबारको सभालाई माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा विशाल आमसभा गर्ने तयारी माओवादीको छ।

यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने कार्यक्रम छ। माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानीय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर