गृहमन्त्री खाँणको जिल्लामा चुनाव जित्नै लाग्दा पौडेल पक्षका उम्मेदवार कुटिए – Nepal Press

गृहमन्त्री खाँणको जिल्लामा चुनाव जित्नै लाग्दा पौडेल पक्षका उम्मेदवार कुटिए

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण भएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणनास्थलमा आक्रमण गरेको हो । सो क्रममा ५ जना घाइते भएका छन् ।

रुपन्देही ३ (१) को मतगणनास्थलमा मुख छोपेर आएका केही व्यक्तिहरुले पौडेल पक्षका नेता कार्यकर्तालाई कुटपिट गरेका हुन् । जारी मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो ।

घटनामा घाइते भएका प्रदेशसभा क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । अन्य ४ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । पौडेल पक्षका कार्यकर्ताहरुले चुनाव हार्ने निश्चित भएपछि गृहमन्त्रीनिकट व्यक्तिहरु भौतिक आक्रमणमा उत्रिएको आरोप लगाएका छन् ।

गृहमन्त्री खाँड पक्षधरका नेता शेते गुरुङले पन्त लगायतका नेताहरुलाई निर्घात कुटपिट गरेको आरोप इतर पक्षको छ । उनले पन्त लगायतका नेताहरुलाई बुटले प्रहार गर्दा नाक भाँचिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडको क्षेत्र रुपन्देहीको क्षेत्र नम्बर ३ मा शेरबहादुर देउवा प्यानलबाट सुरेन्द्रजंग थापा सभापतिका उम्मेदवार थिए भने रामचन्द्र पौडेल समुहबाट सभापति पदमा अधिबक्ता पुरन प्रसाद श्रेष्ठको प्रतिस्पर्धा रहेको थियो ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री खाँणको जिल्लामा चुनाव जित्नै लाग्दा पौडेल पक्षका उम्मेदवार कुटिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर