हरेक व्यक्तिलाई उत्पादनसँग जोडेर जबजलाई कार्यान्वयन गरौंः अध्यक्ष बराल – Nepal Press

हरेक व्यक्तिलाई उत्पादनसँग जोडेर जबजलाई कार्यान्वयन गरौंः अध्यक्ष बराल

सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्ष सुनिता बरालले हरेक व्यक्तिलाई उत्पादनसँग जोडेर जनताको बहुदलीय जनवाद (जबज) लाई कार्यान्वयन गर्नुपर्ने बताएकी छन् । सुर्खेतमा आयोजना भएको अनेरास्ववियूका प्रथम प्रदेशस्तरिय पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष बरालले यस्तो बताएकी हुन् ।

हरेक जनताको जीवनलाई जबजसँग मेल खानेगरि कार्यक्रम र योजनाहरु बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई स्थापित गराउन सबै लागिपर्नुपर्नेमा जोड दिइन् ।

अध्यक्ष बरालले युवालाई उत्पादनसँग जोड्नेगरी संगठनले काम गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मुख्य काम भनेको युवालाई उत्पादन सँग जोडनुपर्छ । आफ्नो ठाउँ, देशलाई माया गर्ने युवा उत्पादन गर्नुपर्छ । अनेरास्ववियुका साथीहरुले अब देशलाई माया गर्ने युवा बनाउनुपर्छ । र यो देशकोमाटो सुहाउँदो दक्ष युवा उत्पादनमा लाग्नुपर्छ ।’

युवालाई उत्पादनसँग जोड्ने अभियानमा संगठन सफल भएमात्रै देशमा समृद्ध नेपालको नारा लिएर अगाडी बढ्ने सक्ने हुने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर