रौतहटमा प्रचण्डले भने- महन्थ र राजेन्द्र केपी ओलीको टाङमुनि छिरे (भिडिओ) – Nepal Press

रौतहटमा प्रचण्डले भने- महन्थ र राजेन्द्र केपी ओलीको टाङमुनि छिरे (भिडिओ)

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीका कारण संविधान संशोधन गर्ने आफ्नो प्रयास सफल नभएको बताएका छन् । शनिबार रौतहटको कटहरियामा अयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको संविधान अपूर्ण रहेको उल्लेख गरे ।

प्रचण्डले संविधान संशोधनका लागि आफूले दुई पटक प्रयास गरेको भएपनि त्यो असफल पारिएको बताए । अहिलेको संविधान मधेशी जनताका लागि अझैं पूर्ण नभएको उल्लेख गर्दैं उनले भने, ‘दुई पटक संविधान संशोधनको प्रयास गरेँ तर सफल हुन दिइएन । त्यो केपी अ‍ोली भन्ने खलनायकका कारण त्यो सफल हुन सकेन।’

माओवादीले संघीयता छोड्यो भनेर हल्ला गरिए पनि अहिले आएर सबै स्थिति प्रष्ट भएको उनले बताए। ‘अब स्थिति छ्याङ्ग भएको छ। दुधको दुध,पानीको पानी भएको छ।’

उनले महन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनि छेरेको आरोप लगाउँदै उनीहरु मधेसी जनताको पक्षमा नभएको समेत अरोप लगाए।

‘जब मठन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनि छिरे, को रहेछ जनताको मित्र छ्याङ्ग भयो,’ उनले भने।

अबप्रदेश नम्बर २ मा माओवादीलाई पहिलो शक्ति बनाउनुपर्ने बताए।

प्रचण्ड आमसभामा प्रभु साह लक्षित गर्दै बोराबा एकाध कुहिएको आलु फलिएकाले अरु सबै बचेको टिप्प्णी गरेका छन् । सम्बोधन क्रममा उनले भने, ‘बोराबाट एकाध कुहिइएको आलु फ्याँकिदैमा सबै आलु कुहिँइएका भन्ने हुँदैनन् । कुहिएको आलु फालेपछि अरु सबै आलु बचेको छ ।’

माओवादीमा रहँदा यही क्षेत्रबाट निर्वाचित भएका साह हाल एमालेमा प्रवेश गरेका छन् । प्रचण्डले उनलाई भागौडाको संज्ञा दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर