सुनसरी २‘क’ को कांग्रेस चुनावमा देउवा समूहको वर्चश्व – Nepal Press

सुनसरी २‘क’ को कांग्रेस चुनावमा देउवा समूहको वर्चश्व

सुनसरी । इटहरी उपमहानगरपालीकामा क्षेत्रमा कमजोर मानिएको देउवा समूह थप शक्तिशाली भएको छ । सुनसरी क्षेत्र नम्बर २‘क’ क्षेत्रको चुनावमा बहुमत पदाधिकारी देउवा टिमका चयन भएका छन ।

शनिवार सम्पन्न चुनावपछि देउवा समूहका सुवेक्छु देवान राईले पौडेल समूहका धनबहादुर पुरीलाई हराएका छन् । राईले १६५ मत ल्याउँदा पुरीले १४१ मत ल्याए ।

हङकङ छाडेर इटहरी-२० तरहरामा आएर राजनीतिमा सक्रिय भएका राई नेपाली कांग्रेसमा भन्दा ज्यादा लिबरल सोसाइटी नामक सामाजिक संस्थाको कामको कारण बढी चर्चामा छन् । उपसभापतिमा देउवा टिमकै घनश्याम खड्का र सरिता आङ्देम्बले क्रमशः १६९ र १५६ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा विजयी भएका चिन्तामणि सापकोटा (१७२ मत) र महेशकुमार चौधरी (१५० मत) देउवा टिमकै हुन् । सहसचिवमा विजयी कर्णबहादुर अधिकारी (१५६ मत) र शुभद्रा राई देउवा टिमकै हुन ।

प्रदेश प्रतिनिधिमा सहभागी खुल्ला र समावेशी १६ प्रतिनिधिमा ३ जनामात्रै पौडेल पक्षका छन् । ३११ क्षेत्रीय प्रतिनिधिले मतदान गर्न पाउने चुनावमा ३१० मत खसेको थियो ।

इटहरीका १० वटा र रामधुनी नगरपालीकाका २ वटा मिलेर सुनसरी क्षेत्र नम्बर २‘क’ क्षेत्र बनेको छ । जसमा इटहरीका १, २, ३, ४, ५ ,१६, १७, १८, १९ र २० तथा रामधुनीको ३ र ५ नम्बर वडा पर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर