प्रधानन्यायाधीशविरुद्ध बार एशाेसिएसनको धर्ना आज पनि जारी – Nepal Press

प्रधानन्यायाधीशविरुद्ध बार एशाेसिएसनको धर्ना आज पनि जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको विरुद्धमा करिव एक महिनादेखि आन्दोलनरत नेपाल बार एशाेसिएसनले आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।

नेपाल बारले राजीनामाको माग गरी आन्दोलनमा रहेका बेला प्रधानन्यायाधीशले सर्वोच्च अदालतको इजलासमा बस्न नहुने माग कानून व्यवसायीहरुको छ । नेपाल बार परिषरमा भेला भएका कानून व्यवसायीले हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन् ।

प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर नेपाल बारले सर्वोच्च अदालत घेराउदेखि विभिन्न आन्दोलन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर