प्रचण्डपछि नारायणकाजीलाई भेटे विप्लवले, पार्टी एकताबारे छलफल – Nepal Press

प्रचण्डपछि नारायणकाजीलाई भेटे विप्लवले, पार्टी एकताबारे छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् ।

भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि बढेका छन् ।

भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार विप्लवलाई नारायणकाजीले अंकमाल गरेर स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर