एमालेमा कर्णालीबाट केन्द्रीय सदस्यका आकांक्षी धेरै, यी हुन् दाबेदार – Nepal Press

एमालेमा कर्णालीबाट केन्द्रीय सदस्यका आकांक्षी धेरै, यी हुन् दाबेदार

सुर्खेत । नेकपा एमालेको आसन्न महाधिवेशनमा कर्णालीबाट केन्द्रीय सदस्य बन्न चाहनेहरुको संख्या धेरै रहेको छ । एमाले विधान अनुसार सात भुगोलबाट खुला दुई महिला सहित ६ र पिछडिएको क्षेत्र एक गरी सात केन्द्रीय सदस्य कर्णालीले पाउने व्यवस्था गरिएको छ । अहिले एमालेमा कर्णालीबाट ११ जना सदस्य रहेका छन् ।

१० औं महाधिवेशनमा अहिलेका सदस्यहरुको स्वभाविक दावी भएपनि अन्य आकांक्षी पनि देखिएका छन् । कर्णालीबाट हाल एमाले केन्द्रीय समितिमा यामलाल कंडेल, गुलावजंग शाह, गोरख वोगटी, धर्मराज रेग्मी, विष्णु रिजाल, राजबहादुर बुढा, लक्ष्मी पोखरेल, भैरवसुन्दर श्रेष्ठ, निरज आचार्य, गोविन्दविक्रम शाह, मोहन वानियाँ रहेका छन् । कर्णाली प्रदेशका सहसंयोजक यामलाल कंडेलले भने पदाधिकारीमा प्रतिस्पर्धा गर्ने बताउका छन् ।

केन्द्रीय सदस्यसहित २३८ जना मात्रै महाधिवेशन प्रतिनिधि रहेको कर्णालीमा दैलेखका विनोद कुमार शाह, दलित समूदायको प्रतिनिधित्व गर्ने गोमता विकले दावी गरेका छन् । यस्तै दैलेख एमाले अध्यक्ष रविन्द्रराज शर्मा, सुर्खेतबाट एमाले जिल्ला कमिटि अध्यक्ष ध्रुवकुमार शाही, लगायतका नेताहरुले दावी गरिरहेका छन् ।

कर्णालीमा केन्द्रीय सदस्यको पद थोरै तर आकांक्षी धेरै भएपछि १० औं महाधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर