ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व – Nepal Press

ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व

ताप्लेजुङ । ताप्लेजुङमा ६१ वडा मध्ये नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले ५० वडामा नयाँ नेतृत्व चयन गरेको छ । सनिबार ४४ र आइतबार ६ वडा गरी ५० वडामा नेतृत्व छनौट गरिएको हो ।

नौ स्थानीय तह रहेको जिल्लामा माओवादीले ६१ वडा मध्ये ५० वडामा नयाँ नेतृत्व चयन गरेको छ । बाँकी रहेको ११ वडामा भने मंगलबारसम्ममा वडा सम्मेलन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिए । आवश्यक तयारी पूरा भई नसकेकाले उक्त वडाको सम्मेलन बाँकी रहेको बुढाक्षेत्रीले बताए ।

वडा सम्मेलन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको माओवादी केन्द्रले जनाएको छ । वडा सम्मेलन मेरिङ्देन गाउँपालिकाका ६ वटै वडा र सिदिङ्वा गाउँपालिकाको सातमध्ये तीनवटा वडा, फुङ्लिङ नगरपालिका, सिरिजङघा लगायत गाउँपालिकाको केही वडामा सम्मेलन बाँकी रहेको जनाइएको छ ।

पार्टीको कार्यतालिकाअनुसार नै ताप्लेजुङका वडाहरूमा सम्मेलन सम्पन्न गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विजयप्रकाश वनेमले जानकारी दिए । तयारी अपुग भएका कारण शनिबार सम्मेलन हुन नसकेका वडाहरूमा चाँडै सम्पन्न गरेर तोकिएको समयभित्रै पालिका र जिल्लाको सम्मेलन सम्पन्न गर्ने वनेमले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर