महोत्तरीका आठ क्षेत्र मध्ये चारमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन
नेपाल प्रेस
२०७८ मंसिर ५ गते १९:२७
महोत्तरी । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ ।
बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।
सहमति बनेका चार क्षेत्रबाट १८/१८ जना प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए ।
‘बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं’, उनले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर