गृह मन्त्रालयमा एमाले महाधिवेशनको सुरक्षा व्यवस्थाबारे छलफल, डिआईजीले कमाण्ड गर्ने – Nepal Press

गृह मन्त्रालयमा एमाले महाधिवेशनको सुरक्षा व्यवस्थाबारे छलफल, डिआईजीले कमाण्ड गर्ने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सुरक्षा व्यवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिआईजीको कमाण्डमा सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

एमाले केन्द्रीय जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेसहितका नेताहरुसँगको भेटमा गृहका उच्च अधिकारीहरुले सो जानकारी दिएका हुन् ।

आइतवार गृह मन्त्रालयमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डेसहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक निरजवहादुर शाही र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी थिए ।

महाधिवेशनस्थलको सुरक्षा तथा उद्घाटन लगायत अन्य दिनको ट्राफिक व्यवस्थापनको विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको जनपरिचालन कमिटीका सचिव खिमलाल भट्टराईले जानकारी दिए ।

एमाले नेताहरु सुरेन्द्र पाण्डे, विष्णु रिमाल, आनन्द पोखरेल र खिमलाल भट्टराई गृहमन्त्रालयमा पुगेर महाधिवेशन सुरक्षाबारे छलफल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर