ईलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी कार्की प्रदेश एकको सर्वोत्कृष्ठ प्रहरी घोषित – Nepal Press

ईलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी कार्की प्रदेश एकको सर्वोत्कृष्ठ प्रहरी घोषित

बिराटनगर । ईलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज कार्की  ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ (Best Police of the Month)  घोषित भएका छन् ।

विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य पुरा गरेको भन्दै एक नम्बर प्रदेश प्रहरी कार्यालयले उनलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (Best Police of the Month) घोषणा गरेको हो ।

उनले झापाको गौरादह नगरपालिका वडा पाँचका ४६ वर्षका मबेसिर हुसेन कात्तीक ११ गते विहान ११ वजेदेखी हराएको भनि परेको निवेदनका आधारमा उनको खोज तलास गर्ने क्रममा उनलाई हत्या गरेर स्थानयि महमद सद्दामको घरदेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांङ्की भित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा कात्तीक २६ गते फेला पारेका थिए ।

साथै मृतक शव फेला पारेर घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भई अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान तथा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) नविनराज राईले जानकारी दिए ।

उनका अनुसार सर्वोत्कृष्ट घोषित कार्कीले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ पनि प्रशंसनीय कार्य गरेकोले २०७८ कार्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले एक नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी (Best Police of the Month) छनौट गर्दै आएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा एक नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयमा १ महिनासम्म राख्ने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *