पाकिस्तानले हटायो टीकटकको प्रतिबन्ध, कानून र संस्कृतिअनुसार चल्न निर्देशन – Nepal Press

पाकिस्तानले हटायो टीकटकको प्रतिबन्ध, कानून र संस्कृतिअनुसार चल्न निर्देशन

इस्लामाबाद । पाकिस्तान सरकारले पछिल्ला दुईवर्षमा चौंथोपटक चिनियाँ भिडिओ एप टीकटकमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । पाकिस्तानको टेलिकम नियामक निकायका अनुसार टीकटकमा अश्लिलता फैलाउने कन्टेन्टलाई रोक लगाइनेछ भने नियमन पनि हुनेछ ।

इमरान खान सरकारका केही मन्त्री र कट्टरपन्थी संगठनले टीकटकमाथि स्थायीरुपमै प्रतिबन्ध लगाउन माग गरेका छन् । तर, सरकारले केही दिन र महिनामा प्रतिबन्ध हटाउँदै आएको छ । चीनको असन्तुष्टिको कारण पाकिस्तानले प्रतिबन्ध हटाएको अनुमान छ ।

पाकिस्तानको टेलिकम अथोरिटीका अनुसार केही दिनदेखि प्रतिबन्धलाई लिएर टीकटक कम्पनीसँग संवाद चलिरहेको थियो । उक्त संवादमा पीटीएले टीकटकलाई केही व्यक्ति र संस्थाको निरन्तरताको मागपछि प्रतिबन्ध लगाइएको जनाएको छ ।

पाकिस्तानको कानूनअनुसार चल्न टीकटकलाई निर्देशन दिइएको छ । टीकटकले पनि त्यहाँको कानून र संस्कृतिअनुसार चल्ने प्रतिबद्धता जनाएको छ । साथै, केही प्रयोगकर्ताले गाइडलाइन्स उल्लंघन गरे एकाउन्टलाई निलम्बन गर्ने समेत जनाइएको छ ।

एक अध्ययनअनुसार पाकिस्तान टीकटकका प्रयोगकर्ता ३.९ करोड छन् । सन् २०२० देखि अहिलेसम्म यसलाई चारपटक प्रतिबन्ध लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर