नेवानीका पाइलटको सनक: ड्यूटी सकिएकाे भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै अवतरण – Nepal Press

नेवानीका पाइलटको सनक: ड्यूटी सकिएकाे भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै अवतरण

काठमाडौं । नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएकाे भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरिएका छन् । रुकुमका लागि उडेकाे नेपाल एयरलाइन्सको ट्वीनअटर बिमानका पाइलटले ड्यूटी सकिएकाे बहानामा नेपालगञ्जमा अवतरण गराएर यात्रुलाइ अलपत्र बनाएका हुन् ।

सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको सल्ले विमानस्थल जाँदै थियो । जहाजमा ८ जना यात्रुले यात्रा गरिरहेका थिए । यात्रुहरु चाडै रुकुम आइपुगेको सोचेर खुसी भए । तर जहाजबाट बाहिर आउँदा नेपालगञ्ज आइपुगेको थाहा पाए । विमानस्थलमा अवतरणबारे कुनै अग्रिम जानकारी समेत गराइएकाे थिएन ।

जहाजका पाइलट पेम्बा शेर्पा थिए ।  त्यो दिन शेर्पाको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्याउन पर्नेमा नेपालगञ्जमा नै अवतरण गराए ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यात्रुलाई बीचमा नै छाडिएको भन्ने जानकारी पाएको बताए ।
उनले भने, ‘के भएको रहेछ म बुझ्ने छ । यात्रुले दुख पाएको विषयमा नेपाल वायुसेवा निगमले अध्ययन गरिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *