रामचन्द्र झा माओवादी छाडेर समाजवादीमा, माधव नेपालले अबिर लगाएर भित्र्याए – Nepal Press

रामचन्द्र झा माओवादी छाडेर समाजवादीमा, माधव नेपालले अबिर लगाएर भित्र्याए

जनकपुरधाम । पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा एसमा प्रवेश गरेका छन् । धनुषाको विदेह नगरपालिकामा पर्ने तिनकोरिया चोकमा मंगलवार आयोजित आमसभामा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पूर्वमन्त्री झालाई अबिर लगाएर पार्टीमा भित्र्याएका हुन् ।

नेकपा एमालेमा लामो समय विताएका झा माओवादीमा प्रवेश गरेका थिए । माओवादी छाडेर डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनीसँग लागे । पछि डा. भट्टराई पार्टीलाई उपेन्द्र यादवको पार्टीमा समाहित गरेपछि झा पुनः माओवादीमा फर्के । तर अहिले माओवादीलाई छाडेर उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

हुन त झालाई यसअघि नै नेकपा एसले सचिवालय समितिमा मनोनित गरिसकेको छ । यद्दपी झा आफ्नो क्षेत्र धनुषा २ मा कार्यक्रम गरी माओवादी र अन्य पार्टीका सयौं कार्यकर्ता लिएर नेकपा एसमा प्रवेश गरेका छन् ।

यस्तै नेपाली काँग्रेसका परित्याग गरी डा. अजय झाले पनि माधव नेपालबाट टिका थापेर नेकपा एसमा प्रवेश गरे । स्रोतका अनुसार अगामी स्थानीय तहको निर्वाचनमा डा. झा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा चुनाव लड्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर