जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग
नेपाल प्रेस
२०७८ मंसिर ९ गते २०:१२
जनकपुरधाम । हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाका एक मृतकको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गरेको छ ।
२०७७ चैत १६ सालमा घरमा सुतिरहेका मिथिला नगरपालिका-८ बस्ने ८० वर्षीय पदमबहादुर खपतडीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।
बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिल कर्णले संयुक्त रूपमा मृतका परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् ।
वन्यजन्तुबाट हुने राहत सहयोग २०६९ को संशोधन २०७४ अनुसार पीडितलाई आर्थिक सहयोग गरिएको डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत कर्णले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर