संघ र प्रदेशबाट एमाले बाहिरिनु हाम्रो लागि गर्व : प्रचण्ड – Nepal Press

संघ र प्रदेशबाट एमाले बाहिरिनु हाम्रो लागि गर्व : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघ र प्रदेशहरुमा सरकारबाट एमाले बाहिरिनु आफूहरूको लागि खुसीको कुरा भएको बताएका छन् ।

देशभरका पालिकास्तरीय सम्मेलनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्डले भने, ‘ओली प्रवृति र विघटनकारी प्रवृत्तिका रूपमा केपी ओली जनताकाबीचमा नांगिए र सबै सरकारबाट अलग हुनुपर्ने अवस्था आयो । यो कम्युनिष्ट पार्टीका लागि खुसी र गर्वको कुरा हो ।’

प्रचण्डले मओवादी नेतृत्व र माओवादीका एजेण्डाहरूलाई उल्ट्याउन दुई पटक संसद विघटन गरेर ओलीले प्रतिगमनको प्रयास भएको दाबी गरे ।

माओवादी नेतृत्व र एजेण्डाहरूलाई विफल पार्ने प्रयास भए पनि प्रतिगमनको हार भएको उनको जिकिर थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर