बागमती प्रदेशकाे सभापतिमा भिमसेन दास प्रधानकाे उम्मेदवारी घोषणा – Nepal Press

बागमती प्रदेशकाे सभापतिमा भिमसेन दास प्रधानकाे उम्मेदवारी घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका नेता भिमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता प्रधानले शनिवार काठमाडौंस्थित शान्तिबाटिकाबाट बागमति प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरुप संघीयताको संस्थागत विकास गराउनका लागि आफुले भुमिका खेल्ने बताए । संघीयता कार्यान्वयन अन्त्यन्तै फितलो रहेको उल्लेख गर्दै उनले आफु बागमती प्रदेश सभापति भएमा संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने बताए ।

उनले प्रदेश भित्रका सबै जिल्लाहरुसँग समन्वय गरी बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने आफ्नो आशय रहेको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर