निर्वाचन प्रक्रिया सुरु, धमाधम मनोनयन दर्ता – Nepal Press
एमाले महाधिवेशन

निर्वाचन प्रक्रिया सुरु, धमाधम मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनअन्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका लागि मनोनय दर्ता भइरहेको छ ।

अहिलेसम्म अनुशासन आयोगको अध्यक्षका लागि नेता केशव बडाल र केन्द्रीय सदस्यका लागि पार्वती रावल र लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताका लागि साढे ९ बजेसम्मको समय तोकिएको छ ।

अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई कमिटी घोषणा गर्ने सार्वधिकार दिएको भनिए पनि असन्तुष्टहरु बढेकाले चुनाव हुने सम्भावना धेरै छ ।

पदाधिकारीको सूचीमा नपरेका भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर