काठमाडौं कांग्रेस सभापतिमा संस्थापनइतरका सबुज निर्वाचित – Nepal Press

काठमाडौं कांग्रेस सभापतिमा संस्थापनइतरका सबुज निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा सबुज कृष्ण बानियाँ निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार उपेन्द्र कार्कीलाई फराकिलो अन्तरले पराजित गर्दै बानियाँ दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य गगन थापालगायतको समर्थन थियो । कार्कीलाई सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानलगायतको समर्थन थियो ।

बानियाँले १ हजार ९ सय ५७ मत ल्याए । कार्कीले १ हजार ८९ मत पाए । पदाधिकारीमा बानियाँ पक्षको प्यानल नै विजयी भएको छ । उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन्। सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी विजयी भएका छन्।

यस्तै सहसचिवमा प्रा.डा अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर