एक पदकै तीन प्रतिस्पर्धी एकले अर्कासँग मत माग्दै – Nepal Press

एक पदकै तीन प्रतिस्पर्धी एकले अर्कासँग मत माग्दै

चितवन । १० औँ महाधिवेशनमा बिभिन्न पदका लागि उम्मेदवारहरू भोट माग्न व्यस्त छन् ।

केही पदमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने अध्यक्ष लगायतका केही पदमा निर्वाचन हुने देखिएको छ । अहिले निर्वाचन हुने पदहरूका उम्मेदवारहरू भोट माग्न व्यस्त छन् ।

सुदूर पश्चिम प्रदेशको भूगोल तर्फ पुरुषको सर्वसम्मत नेतृत्व चयन भए पनि महिला तर्फ भने तीन पदमा पाँच जनाका उम्मेदवारी परेपछि निर्वाचन भएको हो । ती मध्ये मङ्गलवार बिहान अछाम कि पशुपति कुवर, डोटीकी मञ्जु सलामी र कैलालीकी सन्तोष शर्मा थापा एक अर्कालाई मत माग्दै गरेको अवस्थामा भेटिए ।

ओलीले घोषणा गरेको सूचिमा थापाको नाम परेको छ । उनी विरुद्ध सलामी र कुँवरले उम्मेदवारी दिएका थिए।

थापाले दुबैलाई आफू प्रस्तावित उम्मेदवार रहेको भन्दै अन्य दुई जनको उचित स्थानमा व्यवस्थापन हुन आवश्यक रहेकी थिइन ।

दुवै जनाले पार्टी नेतृत्वले आफूहरूलाई बेवास्ता गरेपछि उम्मेदवारी दिएको भन्दै फिर्ता नहुने अडान लिएका थिए । त्यसपछि एक पछि अर्कोले जिताउन मत मागेका थिए ।

‘मलाई सहयोग गर्नुहोला मत पक्का है’, थापाले भनेकी थिइन् ।

‘हामीलाई पनि भोट हालेर सहयोग गर्नुहोला’ दुवैले भनेका थिए ‘हामी माथि धोका भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर