भक्तपुर सभापतिमा देउवानिकट दुर्लभ दोहोरिए – Nepal Press

भक्तपुर सभापतिमा देउवानिकट दुर्लभ दोहोरिए

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार थापाले ५ सय ५५ मत प्राप्त गर्दै प्रतिस्पर्धी अष्टकुमार कवेलाई पराजित गरेका हुन् ।

कवेले ४ सय ४२ मत प्राप्त गरे । कवे नेता प्रकाशमान सिंहनिकटका हुन् । थापा दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् ।

जिल्ला कार्यसमितिमा पनि थापा समूह नै विजयी भएको छ । उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए । सचिवमा सुशिल बस्नेत र राजेश खड्का निर्वाचित भए । सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर