राप्रपाको महाधिवेशन आजदेखि, कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वकाे दाैडमा – Nepal Press

राप्रपाको महाधिवेशन आजदेखि, कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वकाे दाैडमा

काठमाडौं । राजासहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर