अनधिकृत वार्ता नगर्न ‘हड्ताली न्यायाधीश’ र बार अध्यक्षलाई चेतावनी – Nepal Press

अनधिकृत वार्ता नगर्न ‘हड्ताली न्यायाधीश’ र बार अध्यक्षलाई चेतावनी

काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष र महासचिवले बारमा छलफल र बैठक नगरी सर्वोच्च अदालतका हडताली न्यायाधीशसँग वार्ता गर्न थालेपछि विवाद भएको छ । बारका अन्य पदाधिकारीले चोरबाटोबाट कुनै पनि वार्ता नगर्न नेतृत्व र न्यायाधीशहरुलाई चेतावनी समेत दिएका छन् ।

सर्वोच्च अदालत गोला प्रक्रियामा गइसकेपछि पनि ‘नेता न्यायाधीश’ र बार नेतृत्वको मिलेमतोमा न्यायपालिकाको अवरोध कायमै रहेको तथा इजलासमा गइसकेका न्यायाधीशलाई समेत फर्काइएको घटनाले बारमा विवाद बढेको हो ।

बारका कोषाध्यक्ष रुद्र पोखरेलले कार्यसमिति बैठकको निर्णय विना गैरकानूनी वार्तामा सहभागी नहुन अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई चेतावनी दिएका छन् । उनले न्यायाधीशहरुलाई पनि वार्ताको रहर नगर्न भनेका छन् ।

पोखरेलले विहीवार विहानै सामाजिक सञ्जालमा वक्तव्य दिदै भनेका छन्, ‘सर्वोच्च अदालतका कर्तब्यच्युत हडताली न्यायाधीशसँग गैरकानूनी वार्ताको लागि आज १० बजे चोरबाटोबाट नेबाए अध्यक्षज्यू जाने भन्ने खबर आएको छ । नेबाए अध्यक्षलाई कार्यसमिति बैठक निर्णय विना गैरकानूनी वार्तामा सहभागी नहुन आग्रह गर्दछु । हडताली न्यायाधीशले पनि ‌औपचारिकता ग्रहण पछि मात्र औपचारिक वार्ताको रहर गर्न आह्वान गर्दछु ।’

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले कामु प्रधानन्यायाधीश तोकिनुपर्ने भन्दै गोला प्रक्रियाको विरोध गरेका थिए ।


प्रतिक्रिया

One thought on “अनधिकृत वार्ता नगर्न ‘हड्ताली न्यायाधीश’ र बार अध्यक्षलाई चेतावनी

  1. कानुनका रक्षक नै भक्षक हुँदा डलरको आरोप खेप्नु पर्ला है !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर