केपी गुटका कारण मधेशको पक्षमा संविधान संशाेधन गर्न सकिनँ : प्रचण्ड (भिडिओ) – Nepal Press

केपी गुटका कारण मधेशको पक्षमा संविधान संशाेधन गर्न सकिनँ : प्रचण्ड (भिडिओ)

प्रभु शाहलाई कटाक्ष : कुकुरको पुच्छरजस्तो !

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रहेका एक मधेसी नेतालाई ‘कुकुरको पुच्छर’ सँग तुलना गर्दै कटाक्ष गरेका छन् ।

नेता प्रभू शाहको नाम नलिइकन उनले ‘एक नेता सचिन्छु भनेर माओवादीमा आएको तर फेरि केपी गुटमै फर्किएको’ टिप्पणी गरे ।

पेरिसडाँडामा आयोजित कार्यक्रममा रौतहटका कार्यकर्तालाई माओवादी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘हिजो माओवादी आन्दोलनमा भएका एक व्यक्तिले तपाईंहरुलाई भ्रम दिए । उनी ओरिजिनल त एमाले केपी गुटकै मान्छे थिए । प्राकृतिक स्वरुप क्या त । पछि सचिन्छु, माओवादी बन्छु भनेर आए । तर, कुकुरको पुच्छर १२ वर्ष ढुंग्रामा हाले पनि बांगाको बांगो नै भनेजस्तो गरी केपी गुटमै फर्किए ।’

प्रचण्डले एमालेको केपी गुटका कारण आफूले मधेसको पक्षमा संविधान संशाेधन गर्न नसकेको गुनासो पनि सुनाए ।

उनाले भने, ‘तपाईंहरुलाई थाहा छ नि, एमाले भन्ने केपी गुट मधेशविरोधि, महिलाविरोधी जनजाति विरोधि हो । मैले दुईपटक संविधान संसोधन गर्ने भनेर प्रस्ताव लगेको हुँ । त्यही केपी गुटले पारित हुन दिएन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर