माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने – Nepal Press

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

नेकपा माओवादी केन्द्रले पार्टीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले पुस ११ देखि १३ गतेसम्म हुने सम्मेलन प्रज्ञा भवनमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।

बैठकले पार्टीको वडा अधिवेशन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए ।

कतिपय पालिकाहरुमा भने अधिवेशन स्थगित भएपनि आज, भोलीनै सबै सकिने र पालिका अधिवेशनहरु पनि उत्साहपूर्वक अगाडी बढेको निष्कर्ष निकालिएको उनले बताए ।

प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए ।

स्थायी कमिटी बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर