राष्ट्रपतिद्वारा मंसिर २८ गते संसद अधिवेशन आह्वान – Nepal Press

राष्ट्रपतिद्वारा मंसिर २८ गते संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिस अनुसार आउँदो मंसिर २८ गतेदेखि उनले संसद अधिवेशन आह्वान गरेकी हुन्।

संघीय संसदका दुवै सदनको अधिवेशन मंगलबार दिउँसो २ बजे बस्ने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज बसेको मन्त्रिपरिषद वैठकले संसद वैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले एकैचोटि ६ वटा अध्यादेश जारी गरेको भोलीपल्ट संसद वैठक आह्वान भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर