गण्डकी प्रदेश सभापतिमा पौडेल पक्षको उम्मेदवार शुक्रराज शर्मा
नेपाल प्रेस
२०७८ मंसिर १६ गते २०:३५
काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा साझा उम्मेदवार बन्ने भएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत गण्डकी प्रदेशका केन्द्रीय नेताहरुबीच शर्मालाई प्रदेश सभापतिको उम्मेदवार बनाउने सहमति जुटेको हो । आज उद्घाटन भएको अधिवेशनमा भोली मनोनयन दर्ता हुँदैछ ।
शर्माले १७ वर्ष कास्की कांग्रेसलाई नेतृत्व गरेका थिए । गण्डकी प्रदेशमा सभापति शेरबहादुर देउवानिकट समूहबाट अर्जुन जोशी उम्मेदवार बनेका छन् ।
आफ्नो समूहका उम्मेदवार टुंग्याउन वरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला आज पोखरामै छन् ।
प्रतिक्रिया