उद्योग विभागको महानिर्देशक फेरिए, भुसालको ठाउँमा तिवारी
नेपाल प्रेस
२०७८ मंसिर १७ गते १३:३५
काठमाडौं । उद्योग विभागको महानिर्देशको जिम्मेवारी रामचन्द्र तिवारीले पाएका छन् ।
गत कात्तिकमा खुल्ला प्रतिस्पर्धाबाट सह–सचिवमा नाम निकालेका तिवारीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत पदस्थापन भएको थियो ।
सह–सचिव भएको एक महिनामै तिवारीले विभागको महानिर्देशकको महत्वपूर्ण जिम्मेवारी पाएका हुन । तिवारीले गत बिहीबारदेखि उद्योग विभागमा काम सुरु गरेका छन् ।
विभागको तत्कालिन महानिर्देशक जीवलाल भुसाललाई भने उद्योग मन्त्रालय सरुवा गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर