कमल थापाले ४ बजे मतदान गर्ने – Nepal Press

कमल थापाले ४ बजे मतदान गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४ बजेमात्रै मतदान गर्ने भएका छन् ।

राजधानीमा जारी राप्रपाको एकता महाधिवेशनमा वर्तमान अध्यक्ष थापाले ४ बजेमात्रै आफूले मतदान गर्ने बताएका हुन् ।

उनले महाधिवेशन स्थलकाे अवलाेकन समेत गरेका छन् ।  नेता पशुपतिशमसेर राणाले मतदान गरेका छन् ।

करिब १२ बजेटबाट सुरु भएको मतदान अहिले पनि जारी रहेको छ । राप्रपामा एकल नेतृत्व चयन हुने महाधिवेशन भएकाले पनि यसलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

अध्यक्षमा थापा र राजेन्द्र लिङ्लेनले उम्मेदवारी दिएका छन् ।

निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर