एमसीसी र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग सहमतिका आधारमा हुन्छ : प्रचण्ड (भिडिओ) – Nepal Press

एमसीसी र प्रधान न्यायाधीशविरुद्धको महाअभियोग सहमतिका आधारमा हुन्छ : प्रचण्ड (भिडिओ)

चितवन । सत्ता गठबन्धनका एक शीर्ष नेता तथा माओवादी अध्यक्ष प्रचण्डले प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने विषय गठबन्धन र राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्र हुने प्रष्ट पारेका छन् ।

महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उनले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गरेका छन् ।

माओवादी निकट पत्रकारहरुको राष्ट्रिय सम्मेलनलाई सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले एमसीसीमा जवरजस्ती नहुने बताए ।

प्रचण्डले भने– एमसीसीबारे जे हुन्छ राष्ट्रिय सहमतिमा हुन्छ । एमसीसीको बैठक र संसद बैठक एकैदिन पर्नु संयोगमात्र हो । प्रधान न्यायाधीशविरुद्ध महाअभियोगको कुरा पनि आएको छ । त्यो पनि दलहरुबीच सहमतिका आधारमा महाअभियोग लगाउने वा नलगाउने निर्णय हुन्छ । गठबन्धन भत्किदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर