कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ मंसिर १९ गते ४:५९
![](https://www.nepalpress.com/wp-content/uploads/2021/12/Lalitjung-Shahi-1.jpg)
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे ।
ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । अर्का उम्मेदवार माेतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन पक्षकाे प्यानलकै जित भएकाे छ।
प्रतिक्रिया
सम्बन्धित खवर