सभापति देउवाको गृहप्रदेशमा संस्थापन पक्षकै अग्रता – Nepal Press

सभापति देउवाको गृहप्रदेशमा संस्थापन पक्षकै अग्रता

कैलाली । प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा नयाँ नेतृत्वको लागि मतगणना भइरहेको छ । संस्थापन पक्षका वीरबहादुर बलायर र रामचन्द्र पौडेल पक्षबाट नारायणदत्त मिश्रको प्यानलनै निर्वाचनमा होमिएको थियो ।

६ सय मत गणना सकिँदासम्म संस्थापन पक्षका बलायरको प्यानल नै अगाडि छ। बलायर प्यानलले सुरुवातदेखि नै लिएको अग्रता फराकिलो बनाउँदै गएको हो

६ सय मतगणना गर्दा बलायर र मिश्रबीचको मतान्तर २४१ पुगेको छ। बलायरको ४१४ मत र इतर पक्षका मिश्रको १७३ मत रहेको छ। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोगराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह(महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर