लुम्बिनी कांग्रेसको मतगणना- २ सय मत गन्दा पुनको ११८ – Nepal Press

लुम्बिनी कांग्रेसको मतगणना- २ सय मत गन्दा पुनको ११८

भैरहवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्विनी प्रदेशको सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार अमरसिंह पुनले अग्रता बढाएका छन् ।

पहिलो २ सय मतको गणनामा पुनले ३७ मतको अग्रता लिएका छन् । सभापतिमा पहिलो २ सय मत गन्दा पुनले १ सय १८ मत ल्याएका छन् ।

उनका प्रतिस्पर्धी संस्थापन पक्षका उम्मेदवार भरत शाहले ८१ मत पाएका छन् । पदाधिकारीमा पनि पुन प्यानलकै उम्मेदवारहरुले अग्रता लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर