लिङदेनलाई बधाई दिँदै निधिले भने- राजनीतिमा पुस्तान्तरणको प्रक्रिया सुरु भयो – Nepal Press

लिङदेनलाई बधाई दिँदै निधिले भने- राजनीतिमा पुस्तान्तरणको प्रक्रिया सुरु भयो

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राजनीतिक नेतृत्व पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई दिFदै निधिले संविधानको सफल कार्यान्वयनमा राप्रपाले सहयोग गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु,’ निधिले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर