भीमसेनदास कतै खुलेनन्, सहमति गर्न दुवै उम्मेदवारलाई आग्रह – Nepal Press

भीमसेनदास कतै खुलेनन्, सहमति गर्न दुवै उम्मेदवारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त वागमती प्रदेशको सभापतिको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका नेता भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गरेका छन् ।

प्रेस विज्ञप्ती जारी गर्दै प्रधानले पहिलो चरणको मतपरिणामको आधार र नजिकिदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश दिन शीर्ष २ उम्मेदवारलाई आग्रह गरेका हुन् ।

पहिलो चरणमा ईन्द्र बानियाँले ९ सय ९२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ८ सय ७२ मत ल्याएका छन् । तेस्रो भएका प्रधानले १ सय ९७ मत ल्याएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर