दोस्रो चरणमा भीमसेनको साथ ईन्द्र बानियाँलाई – Nepal Press

दोस्रो चरणमा भीमसेनको साथ ईन्द्र बानियाँलाई

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन वागमती प्रदेशको सभापतिमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहले संस्थापन पक्षका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेको छ ।

पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नकटाएपछि वागमती प्रदेश सभापतिका लागि बानियाँ र जगदीश्वर नरसिंह केसीबीच दोस्रो चरणको निर्वाचन हुँदैछ ।

दोस्रो चरणको निर्वाचनअघि औपचारिक कार्यक्रम नै गरेर सिटौला समूहका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका हुन् ।
कांग्रेस विधानको व्यवस्थाका कारण मात्रै दोस्रो चरणको निर्वाचन हुन लागेपछि पहिलो चरणको नतिजाले बानियाँलाई लोकप्रिय मत प्राप्त भएकोले बानियाँलाई स्वीकार गर्नु नै उपयुक्त हुने बताए ।

‘पहिलो हुने निर्वाचित हुने भएको भए ईन्द्रजीले अहिले जितिसक्नुभएको थियो । म चाहन्छु जगदीशजीले पनि ईन्द्रजीलाई सघाउनु राम्रो हुन्छ । निर्वाचन नगरी सहमतिको सन्देश दिऔं’, प्रधानले भने ।

उनले आफ्नो पक्षमा रहेका सबैलाई दोस्रो चरणमा बानियाँलाई मत दिन आग्रह गरेका छन् । प्रधानले यसअघि आजै दुवै उम्मेदवारलाई सहमति गर्न आग्रह गर्दै विज्ञप्ती जारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर